ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको भाउ स्थिर, चाँदी बढ्यो

बिहिबार १३, कार्तिक २०८२ ११:३३

काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी बढेको छ । सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी केन्द्रीय बैंकले बुधबार मात्रै संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले सुनचाँदीको भाउ बढ्न दबाब पुग्छ ।

प्रतिक्रिया