धनगढी । नेपाल प्रहरीका तीन जना डिआईजीको सरुवा गरिएको छ । विनोद घिमिरे, ओमबहादुर राना र गोविन्द थपलियाको सरुवा भएको हो ।
सुदूरपश्चिम प्रहरी प्रमुखमा पनि नयाँ डिआईजी पठाइएको छ । ओमबहादुर रानालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा पठाइएको हो । यसअघिका डिआईजी डम्बर बिकको एआइजीमा बढुवा भएको छ ।
यस्तै डिआईजी थपलियालाई मधेस प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ । त्यसैगरी डिआईजी विनोद घिमिरेलाई प्रबन्ध निर्देशनालयमा जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया