ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बलिदानले अहिलेसम्म कति कमायो ?

बिहिबार २३, असोज २०८२ ०१:४९

धनगढी । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही १३ असोजदेखि चलचित्र बलिदान प्रदर्शनमा आयो । बलिदानसंगै  ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ पनि नेपालभर प्रदर्शनमा आएका थिए । 

दसैँको बिदा भए पनि तीनवटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ले २० असोजको रातिसम्म तीन करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले तीन करोड २१ लाख ७० हजार १६० रुपैयाँको व्यापार गरेको छ ।  

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले सबैभन्दा कम तीन करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ व्यापार गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ । 

प्रतिक्रिया