इजरायल र हमासबीच युद्धविरामको सम्झौता भएको छ । मंगलबारदेखि इजिप्टमा भएको गोप्य वार्तापछि युद्धविरामको सम्झौता भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
युद्धविरामको सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिए । गाजा शान्ति वार्ताका लागि ट्रम्पले २० बुँदे प्रस्ताव अगाडि सारेका थिए । उक्त प्रस्तावमा हमास सहमत भएपछि युद्धविरामको सम्झौता भएको उल्लेख गरिएको छ ।
युद्धविरामपछि आम नागरिकले खुसीयाली मनाइरहेका भिडियोहरूसमेत सामाजिक सञ्जालमा आउन थालेका छन् । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार इजरेली मन्त्रिपरिषद्ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरेली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ।
७ अक्टुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।
प्रतिक्रिया