काठमाडौं । गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने सम्भावना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा बन्दीको अवस्था सार्वजनिक हुने भएको हो ।
ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सोमबार राति वासिङटनमा गाजा युद्धविरामका लागि सहमत भएका छन् । उनीहरूले सार्वजनिक गरेको विस्तृत योजनामा बन्दीहरूको रिहाइलाई प्राथमिकतामा राखिएको छ ।
ट्रम्पको युद्धविराम योजनाको तेस्रो बुँदामा स्पष्ट भनिएको छ, ‘हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।’
प्रतिक्रिया