ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा १० लाख मुनिका योजना कार्यान्वयन नहुने, यी शीर्षकमा खर्च कटौतीको निर्णय

शनिबार ११, असोज २०८२ ०८:५०

धनगढी । सुदूरपश्चिम प्रदेशमा विभिन्न शीर्षकमा खर्च कटौतीको निर्णय भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले खर्च कटौतीका विषयमा निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमका अनुसार मन्त्रिपरिषद् बैठकले १० लाख रुपैयाँभन्दा कम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । 

यस्तै, प्रदेश सरकार मातहतका निकायहरूबाट सञ्चालन हुने कुनै पनि आयोजनाहरू उपभोक्ता समितिमार्फत कार्यन्वयन नगर्ने निर्णय पनि भएको छ । हाल विनियोजन रकममा छपाई तथा प्रकाशन तर्फ ७० प्रतिशत, बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठी तथा सेमिनारतर्फ विनियोजन बजेटको ५० प्रतिशत कटौती गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

अनुभव आदानप्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समाहरोह, उत्सव मनाउने जस्ता कार्यक्रम कार्यान्वयन नगर्ने पनि निर्णय भएको छ । यसअघि सर्वदलीय बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले खर्च कटौतीको प्रस्ताव राख्दा सत्ताको प्रमुख साझेदार नेकपा एमालेले असहमति जनाएको थियो । उसले योजना कार्यान्वयनमा गइसकेको भन्दै १० लाखभन्दा कमका योजना हटाउन नमिल्ने अडान राखेको थियो । 

प्रतिक्रिया