गाजा । गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ । इजरायलले गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।
आइतबार बिहानै इजरायली युद्धक विमानहरूले साबरा क्षेत्रमा घरहरूको समूहमा बमबारी गरेको थियो । गत अगस्टको अन्त्यमा इजरायली ट्याङ्कहरूले यस क्षेत्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने योजनाका साथ अघि बढ्न थालेका थि ए।
आक्रमणपछि कम्तीमा १७ जनाको उद्धार गरिएको छ भने अन्य ५० जनासम्म भग्नावशेषमुनि फसेको हुनसक्ने अनुमान गरिएको छ । मानिसहरू र आपत्कालीन उद्धारकर्ताहरूले आफ्नो हातले भग्नावशेष हटाएर उद्धार कार्य जारी राखेका छन् ।
प्रतिक्रिया