धनगढी । तीन दिनदेखि सत्याग्रह बसिरहेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी शरिरमा ग्लुकोजको मात्रा तिब्र गतिमा घट्न थालेपछि मंगलबार दिउसो सत्याग्रह तोड्ने तयारीमा गरेका छन् ।
डा. केसी आइतबारदेखि कैलालीको गेटास्थित सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सत्याग्रहमा बसिरहेका छन् । मंगलबार विहान ६ बजे ३७ रहेको ग्लुकोजको मात्रा ११ बजे २७ मा झरेको छ । डा. केसीका सहयोगी डा. अमृत जैशीका ३० भन्दा तल झर्यो भने त अत्यन्त्रै जोखिम मानिन्छ ।
डा. केसीको यो २३औं सत्याग्रह हो । चिकित्सकहरुको सल्लाहमा सत्याग्रह तोड्ने तयारी भएको डा. जैसीले बताएका छन् ।
प्रतिक्रिया