धनगढी । २८ भदौमा हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको लागि पुष्करराज ओझा नेतृत्वको प्यालन घोषणा गरिएको छ । सोमबार धनगढीमा आयोजित कार्यक्रममा प्यानल घोषणासंगै घोषणापत्र सार्वजनिक गरिएको हो ।
अहिलेका वरिष्ठ उपाध्यक्ष रहेका ओझाले २८ गते भइरहेको चुनावी अधिवेशनमा आफू अध्यक्षको उम्मेदवार रहेको घोषणा गरे । यस्तै ओझा प्यानलबाट ओमबहादुर बिष्ट वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अबु) र एसोसियट्स उपाध्यक्षमा मनोज अग्रवाल उम्मेदवार रहेका छन् ।
महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायतले ओझा प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै, सदस्यमा बमबहादुर कुँवर, धुव्रराज दाहाल, रेखा बास्तोला, पदमबिक्रम सिंह, अजय पाण्डेय, टेकबहादुर खड्का, तर्कराज भट्ट, सुरजबहादुर रैका, प्रजापति जोशी, कमला भट्टराई, अनुप भण्डारी, बिन्दु सुनार र सुरेश सापकोटा उम्मेदवार छन् ।
यसअघि आइतबार पूर्वमहासचिव रुपेश स्वाँर नेतृत्वको प्यानल घोषणा गरिएको थियो । स्वाँरको प्यानलबाट केशवराज जोशी वरिष्ठ उपाध्यक्षका उम्मेदवार छन् । यस्तै, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट्स उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन् । स्वाँर प्यानलबाट महासचिवमा सुरेश पाण्डेय, सचिवमा प्रकाशकुमार चन्द र कोषाध्यक्षमा तिलक बोहरा उम्मेदवार रहेका छन् ।
सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट उम्मेदवार छन् ।
प्रतिक्रिया