ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अफगानिस्तानमा भूकम्प: २० भन्दा बढीको मृत्यु

सोमबार १६, भदौ २०८२ ११:४२

काठमाडौँ । अफगानिस्तानमा आइतबार मध्यराति आएको भूमकम्पमा परी २० भन्दा बढीको मृत्यु भएको छ ।

पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

घाइतेहरुलाई नांगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ । उक्त भूकम्पको झड्का पाकिस्तानको इस्लामावाद र एवटावादसम्म महशुस गरिएको थियो ।

प्रतिक्रिया