ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा १८ वर्षीया किशोरीमाथि बलात्कार, एकजना पक्राउ

बिहिबार २९, साउन २०८२ ०५:१२

धनगढी । कैलालीमा १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया