धनगढी । महाकाली नदीमा पानीको बहाब निरन्तर रुपमा बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नदीमा पानीको बहाब बढेर अहिले एक लाख ४९ हजार ५८० क्युसेक पुगेको छ ।
कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले पानीको बहाब निरन्तर बढ्न थालेपछि बिहान ११ बजेदेखि नै शारदा ब्यारेजमा चार पाङग्रे सवारी साधन बन्द गरिएको जानकारी दिए ।
उनका अनुसार बिहान ११ बजे महाकाली नदीको बहाब एक लाख २६ हजार ७१२ क्यूसेक रहेको थियो । दिउँसो १ बजेको समयमा एक लाख ४५ हजार ३१२ क्युसेक पुगेकामा अहिले झण्डै डेढल क्युसेक नदीको बहाब पुगेको हो ।
प्रतिक्रिया