कञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन् । आज बिहान बेलौरी नगरपालिका ७ र ८ को सिमानामा पर्ने खप्टीनाला नजिकै बेलौरी नगरपालिका ८ की ४२ वर्षिया बिन्दु चौधरी मृत फेला परेकी हुन्।
मृत फेला परेकी महिला चौधरी रहेको इप्रका बेलौरीले जनाएको छ। प्रहरीका अनुसार बिन्दु केही समयदेखि अस्वस्थ थिइन् ।
यो समस्या देखिएपछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुपूको घरमा झारफुकका लागि एक साताअघि पठाएको थियो ।
उनी हिजो मात्रै त्यहाँबाट फर्किएकी थिइन्। बेलौरीमा ओर्लिएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । परिवारले आज बिहान उनलाई मृत फेला पारेको प्रहरीको भनाई छ। हाल उनको शव पोस्टमार्टमको लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ ।
प्रतिक्रिया