डेढ सय किलो फोहोर संकलन
धनगढी । खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ स्थापित समरजीत गुल्मको टोलीले खप्तड सरसफाई गरेको छ । गुल्मपति सेनानी अनुपम अर्यालका अनुसार आइतबार खप्तडबाट एक सय १४४ किलो फोहोर संकलन गरिएको छ ।
‘सफा खप्तड समरजीतको प्रतिवद्धता’ भन्ने नाराका साथ सरसफाई गरेको गुुल्मले जनाएको छ । गुल्मको टोलीले खप्तड राष्ट्रिय निकुञ्जको त्रिवेणी, सितापाईला, छिन्चेढुङ्गा, नाटेश्वरी, खापर दह, पुलपुला पाटन, घोडादाउन्ना, बाबाश्रम, बिचपानी, लोखडा, भास्कुन, झिग्रानालगायत बिभिन्न क्षेत्रमा गुल्मपति आर्यालको नेतृत्वमा निकुञ्जका प्रशासनका प्रतिनिधिहरुले फोहोर संकलन गरेका हुन् ।
पर्यटकीय क्षेत्र खप्तडमा पछिल्लो समय फोहोर थुप्रिदै गएकोले सरसफाई गरिएको गुुल्मपति अर्यालले बताए । संकलित फोहोरको उचित व्यवस्थापन गरिएको उनले बताए ।
प्रतिक्रिया