धनगढी । कैलालीको धनगढीमा बच्चाको कानको मुन्द्रा लुट्ने गिरोह सक्रिय भएको छ । बच्चाहरूलाई ललाई फकाइ गरेर कानमा लगाएको सुनका मुन्द्रा लुट्न थालेपछि कैलालीको धनगढी उपमहानगरपालिका–१, नैनादेवी टोलका स्थानीय त्रसित भएका छन् ।
बच्चाहरूलाई फकाउने र आफुसँग नजिक बनाएपछि एकान्तमा पुर्याएर कानमा लगाएको सुन लुट्ने गरेको घटना बाहिरिएको हो । लुटेराहरू घरमा नजिक आउने, होटलमा चिया खाने बाहनामा बच्चासँग नजिक हुने र बच्चालाई फलफूल दिने र कानमा किरा छ भनेर लगाएका सुनका मुन्द्रा लुट्ने नयाँ शैली सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले पनि बच्चाको कानको मुन्द्रा लुटिएको भन्दै निवेदन परेको जानकारी दिए । ‘लिखित र मौखिक रुपमा मुन्द्रा लुटिएको जानकारी आएको छ,’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं ।’
प्रतिक्रिया