ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका केही भू–भागमा वर्षाको सम्भावना

शुक्रबार २३, साउन २०८२ १०:३९

धनगढी । देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । हाल कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग लगायत देशका बाँकी पहाडी भू(भागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू–भागगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया