दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकामा तीन दिन स्थानीय बिदा दिइएको छ । बिरे जात्राका लागि तीन दिन सार्वजनिक बिदा दिइएको हो ।
अपीहिमाल गाउँपालिका–३ मा लाग्ने सुर्मा भवानी ‘बिरे जात’ को अवसरमा गाउँपालिकाभरि तीन दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
आज, भोलि र पर्सी तीन दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले बताए । जिल्लाकै सबैभन्दा ठूलो जात्राका रूपमा मनाइने सुर्माभवानीको जात्रा साउन १८ गतेबाट सुरु भएको हो ।
प्रतिक्रिया