ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामका दुई पुलको बजेट कटौती भएपछि सांसदको असन्तुष्टि

बुधबार २१, साउन २०८२ ०३:२९

धनगढी । सांसद शेरबहादुर कुँवरले कर्णाली करिडोर र सेती लोकमार्गसँग जोडिएका अछाममा पर्ने दुई पुलको बजेट कटौती भएको विषयमा सरकारलाई प्रश्न गरेका छन् ।

गत आर्थिक वर्षमा बुढीगंगा नदी तथा तुर्माखाँद गाउँपालिका र तल्लो डुंगेश्वरस्थित कर्णाली नदीको मोटरेबल पुलका लागि डेढ–डेढ करोड बजेट परे  पनि अहिले कटौती भएको भन्दै उनले असन्तुष्टि जनाए ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद कुँवरले भने, ‘यी दुवै पुल कर्णाली करिडोर र सेती लोकमार्गसँग जोडिएका महत्त्वपूर्ण पुल हुन् । तर, यसपालिको बजेटमा कटाइएको छ । किन र के कारण कटाइयो सरकारसँग जवाफ चाहन्छु ।’

प्रतिक्रिया