ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महाकालीमा पानीको बहाब निरन्तर बढ्दो, एक लाख ६८ हजार क्युसेक पुग्यो

बुधबार २१, साउन २०८२ ११:०२

धनगढी । महाकाली नदीमा पानीको बहाब निरन्तर बढिरहेको छ । नदीमा पानीको बहाब बढ्दा शारदा ब्यारेजको पुलमा आज पनि चार पाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए । 

उनका अनुसार बुधबार बिहान १० बजेको मापनअनुसार महाकालीमा पानीको बहाब एक लाख ६८ हजार ५३० क्युसेक रहेको छ । मंगलबार बिहानदेखि नदीमा पानीको बहाब बढेको हो ।

सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण भएकाले जोखिम हुने भन्दै नदीमा पानीको बहाब एक लाख क्युसेक पुग्ने बित्तिकै चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने गरिएको छ ।

प्रतिक्रिया