धनगढी । कञ्चनपुरमा एक युवती मृत फेला परेकी छिन् । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट मृत फेला परेकी हुन् ।
सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरीरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोधपुछका लागि पनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
पवनले छोरीलाई पटकपटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए ।
सम्झनाको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया