ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा अनमीले साढे छ घन्टासम्म कृत्रिम श्वास दिएर बचाइन् शिशुको ज्यान

मङ्गलबार १३, साउन २०८२ ०३:१८

बैतडी । बैतडीमा एक अनमीले साढे छ घन्टासम्म कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाएकी छिन् । 

जिल्लाको सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाएकी हुन् । 

उनले लक्ष्मी धामीका नवजात शिशुलाई साढे छ घण्टा कृत्रिम श्वास दिएकी थिइन् । 

निसास्सिएको शिशुको ज्यान जोगाउन अक्सिजन, एम्बुबेग, सक्सन मेसिन र पेनगुइन मेसिन लगायत उपकरण आवश्यक पर्छ । आधारभूत स्वास्थ्य केन्द्रमा एम्बुबेग बाहेकका अरू स्वास्थ्य सामग्री अभावका बावजुद पनि स्वास्थ्यकर्मी पुजाराले बच्चालाई लामो समय कृत्रिम श्वास दिएकी हुन् । 
 

प्रतिक्रिया