ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कार्यालय प्रमुखसंग खाताबन्दी सम्बन्धी अन्तर्क्रिया

शुक्रबार २०, असार २०८२ ०७:५८

डडेल्धुरा। जिन्सी व्यवस्थापन, खरिद व्यवस्थापन र खाताबन्दी सम्बन्धी अन्तर्क्रिया कार्यक्रम शुक्रबार डडेल्धुरामा सम्पन्न भयको छ । 

प्रदेश लेखा इकाई कार्यालय डडेल्धुराको आयोजनामा भएको कार्यक्रममा जिल्लास्थित प्रदेशस्तरीय सरकारी कार्यालयका प्रमुख, लेखा प्रमुख र जिन्सी प्रमुखहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा लेखा अधिकृत त्रिमलबहादुर साउद, प्रदेश लेखा इकाई कार्यालय डडेल्धुराका प्रमुख पदम बिष्ट र कोष तथा लेखा नियन्त्रक कार्यालय डडेलधुराका प्रमुख कोष नियन्त्रक तिलकप्रसाद चापागाईले सहजीकरण गरेका थिए।

कार्यालय प्रमुख बिस्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख कोष नियन्त्रक चापागाई रहेका थिए। डडेल्धुरामा हालसम्म प्रदेशतर्फको खर्च चालु ६६ प्रतिशत र पुँजीगत खर्च ७३ प्रतिशत रहेको प्रमुख बिस्टले जानकारी दिए।

प्रतिक्रिया