काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ ।
नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझ्न खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।
प्रतिक्रिया