धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रहरीले दुई हजार ४० सर्पको उद्धार गरेको छ । उपमहानगर प्रहरीले दुई वर्षको अवधिमा सो सङ्ख्यामा सर्पको उद्धार गरेको हो । २०८० देखि नगर प्रहरीले सर्प उद्धारको कार्य गर्दै आएको छ ।
हालसम्म कोब्रा पाँच, ब्ल्याक कोब्रा २६२, किङ्ग कोब्रा पाँच, कमन कोब्रा १७०, अजिङ्गर छ वटा, करेत ५०, कमन करेत ३५, ब्यान्डेट करेत ७३, भाइपर पिट १० वटा उद्धार गरिएको छ । यसैगरी, मुगा सर्प एउटा उद्धार गरेको नगर प्रहरीले जानकारी दिएको छ । बाँकी पानी र धामन सर्प रहेका छन् ।
प्रतिक्रिया