ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छोड्न अदालतको आदेश

बिहिबार १९, असार २०८२ ०५:४९

काठमाडाैं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको अभियोगमा उनी बिहीबार आफैँ अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश खेमराज भट्टको इजलासमा बयान तथा थुनछेक बहसपछि उनलाई धरौटीमा छोड्न आदेश दिइएको हो ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया