ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कुलिङ पिरियडको प्रावधानमा छेडखानी, सभामुखसँग छलफलमा सांसद

मङ्गलबार १७, असार २०८२ १२:४९

काठमाडौं । निजामती विधेयकमा कुलिङ पिरियडको प्रावधानमा छेडखानी भएपछि सांसदहरूले सभामुख देवराज घिमिरेसँग छलफल गर्न पुगेका छन् । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर सांसदहरूले छलफल गरिरहेका छन् ।

छलफलमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, कांग्रेसकी ईश्वरीदेवी न्यौपानी, एमालेका कृष्णगोपाल श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीलगायत सहभागी भएका छन् ।

समितिबाट कुलिङ पिरियड समेतको व्यवस्था राख्दै सर्वसम्मतिबाट पारित भएको विधेयकमा संसदमा पुग्दा बङ्ग्याइएको बारेमा सांसदहरूलाई समेत थाहा दिइएको छैन । यसको विरोधमा उनीहरू रहेका छन् ।

प्रतिक्रिया