ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्थापना दिवसको अवसरमा बाजुरेली समाजद्वारा रक्तदान कार्यक्रमको आयोजना

आइतबार १५, असार २०८२ ११:५१

धनगढी । बाजुरेली सेवा समाज धनगढीले आफ्नो स्थापना दिवसको अवसरमा कैलालीको धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्ने निर्णयअनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । 

रक्तदानमा २५ पिन्ट रगत संकलन भएको समाजका सचिव हर्कबहादुर ओलीले जानकारी दिए । ‘बजारमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने । 

बाजुरेली सेवा समाज स्थापना भएको २१ वर्ष पुगेको छ । 

प्रतिक्रिया