ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विद्यार्थी संघको अध्यक्ष बनाउने भन्दै कलेजमा बोलाएर बलात्कार

शनिबार १४, असार २०८२ १०:२३

कोलकाता । भारतको पश्चिम बंगालको राजधानी कोलकाताको एक ल कलेजमा एक छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जसमा कलेजका एकपूर्व विद्यार्थी पनि छन्।

प्रहरीले विद्यार्थीको उजुरीको आधारमा तीनै जना अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ । शुक्रबार स्थानीय अदालतमा पेस गरेपछि तीनै जनालाई चार दिनको प्रहरी हिरासतमा पठाइएको छ।

शुक्रबार प्रहरी बाहेक, फोरेन्सिक टोलीले पनि घटनास्थलको भ्रमण गरेको थियो । छात्राले प्रहरीलाई बताएअनुसार गत बुधबार आफूलाई संस्थाको अध्यक्ष बनाउने वाचा गर्दै कलेजमा बोलाइएका थियो । उनी दिउँसो १२ बजेपछि कलेज पुगिन् । त्यसपछि उनमाथि शारीरिक सम्बन्ध राख्न दबाब दिइएको थियो । तर उनले त्यसलाई अस्वीकार गरेकी थिइन् । त्यसपछि तीन जनाले जबरजस्ती गार्ड कोठामा तानेर लगेको र गार्डलाई त्यहाँबाट लखेटेपछि बलात्कार गरिएको बताइएको छ । 

यस मुद्दामा प्रहरीले पक्राउ गरेका मुख्य अभियुक्त मनोजित मिश्रा हुन् । उनी दक्षिण कोलकाता जिल्ला तृणमूल कांग्रेस छात्र परिषद्का संगठन सचिव हुन् । उनी यसअघि ल कलेजको टीएमसीपी शाखाका अध्यक्ष पनि भइसकेका छन् ।
 

प्रतिक्रिया