काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार दायर गरेको मुद्दामा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बिहीबार बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री, गृहमन्त्री र सांसद थापाको अपमान र बेइज्जत गरी द्वेष फैलाएको आरोपमा गत असार १ गते बस्नेत पक्राउ परेकी थिइन् । उनीविरूद्ध बुधबार जिल्लामा एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया