ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

इजरायल र इरान युद्धविराम गर्न सहमत भए : ट्रम्प

मङ्गलबार १०, असार २०८२ ०८:१०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान युद्धविराम गर्न तयार भएको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले १२ दिन लामो द्वन्द्वलाई अन्त्य गर्न इजरायल र इरान सहमत भएको दाबी गरेका हुन् । राष्ट्रपति ट्रम्पको यो दाबी इजरायल र इरान दुवैले नयाँ आक्रमणको धम्की दिएलगत्तै आएको हो ।

इरानी अधिकारीले तेहरानले युद्धविराममा सहमति जनाएको पुष्टि गरे पनि इजरायलले कुनै प्रतिक्रिया दिएको छैन । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले इजरायलले इरानले थप आक्रमण नगरेसम्म युद्धविराममा सहमति जनाएको र ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको फोन वार्तामा यो सम्झौता गराएको बताएका छन् ।

ट्रम्पले इजरायल र इरानलाई चलिरहेका कुनै पनि मिसन पूरा गर्न केही समय दिइने र त्यसपछि युद्धविराम चरणबद्ध रूपमा सुरु हुने संकेत गरे ।

प्रतिक्रिया