ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

आइतबार ०८, असार २०८२ ०७:०८

धनगढी । धनगढी उपमहानगरपालिका–१२, स्थित सीमा क्षेत्रबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरुलाई अपराह्न साढे चार बजेतिर पक्राउ गरेको हो । 

भारत लखिमपुर जिल्लाको बेला घर भएका २४ वर्षीय शौरभ सिंह र २० वर्षीय विपीन कुमारलाई धनगढीको पटरी घाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए । उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया