ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका पत्रकार बिष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

बुधबार ०४, असार २०८२ ०३:०५

धनगढी । कैलालीकाे धनगढीका पत्रकार दिनेशबहादुर बिष्ट यसवर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिष्टलाई उक्त पुरस्कारका लागि छनाेट गरेकाे हाे । 

सगरमाथा टेलिभिजन र स्टेट सेभन अनलाइनमा कार्यरत बिष्टलाई पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगदसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्न लागिएको हो । 

युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशबाट बिष्टलाई छनोट गरिएको उल्लेख छ । बिष्ट नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष पनि हुन् । यसअघि सुदूरपश्चिम प्रदेशबाट उक्त पुरस्कार पत्रकार सीताराम ओझा, नवराज पनेरु र विनोद बिष्टले पाइसकेका छन् । 

प्रतिक्रिया