ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा ‘एक स्थानीय तह दुई उत्पादन’ कार्यक्रम, ७० करोड बजेट

आइतबार ०१, असार २०८२ ०७:३४

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक स्थानीय तह दुई उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रमका लागि एक सय ७६ पकेट निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । 

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

उक्त कार्यक्रमका लागि ७० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री थापाले बताए । उक्त कार्यक्रमका लागि प्रदेशभर एक ७६ जना प्राविधकि परिचालन गरी पाँच हजार कृषक लाभान्वित हुने उनको दाबी छ । 
 

प्रतिक्रिया