धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कानुनले निषेध गरेको दाइजो प्रथालाई सामाजिकस्तरमै अन्त्य गर्नु आवश्यक रहेको बताउँदै सम्पूर्ण नेपाली समाजमा दाइजो प्रथा विरुद्ध एकजुट भई आवाज उठाउन आग्रह गरहेका छन् ।
मियाँले ओल्मा काउन्सिल नेपाल नवलपरासीद्वारा आयोजित तेस्रो जिल्ला अधिवेशन तथा दाइजो प्रथा उन्मूलन शुभारम्भ कार्यक्रममा बोल्दै समाज परिवर्तनको पहल समुदाय स्वयंबाटै हुनुपर्ने बताएका हुन् । कार्यक्रममा मुस्लिम समुदायमा व्याप्त सामाजिक कुप्रथा विरुद्धको ऐक्यबद्धता जनाउँदै, दाइजो प्रथा औपचारिक रूपमा अन्त्य गरिएको घोषणा गरिएको छ ।
धर्मगुरुहरू तथा कार्यक्रमका वक्ताहरूले इस्लाम र संविधानले दाइजो प्रथालाई अस्वीकार गरेको उल्लेख गर्दै दाइजो लिने वा दिने कार्यमा सहभागी विवाह नगराउने दृढ संकल्प व्यक्त गरेका छन्।
प्रतिक्रिया