धनगढी । सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरे । मेसु पाण्डेले संघीय र प्रदेश सरकारको सहयोगमा निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालन गरिएको बताए ।
सुदूरपश्चिम प्रदेशका अस्पतालमा उक्त सेवा नहुँदा निःसन्तान दम्पतीहरू उपचारका लागि अन्यत्र जान बाध्य थिए । अब उक्त बाध्यता अन्त्य भएको बताउँदै मेसु पाण्डेले सहज रूपमा धनगढीमै सेवा लिन सकिने बताए ।
प्रादेशिक अस्पतालको स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले अहिले आधारभूत तहको सेवा सुचारू गरिएको बताए । उनका अनुसार प्रादेशिक अस्पतालले निःसन्तापन भएका दम्पतीलाई साढे सात हजारको प्याकेजमा उपचार दिइने छ ।
प्रतिक्रिया