ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतबाट फर्किएका थप ४ जनामा कोरोना संक्रमण

शनिबार २४, जेठ २०८२ ०४:०७

धनगढी । भारतमा कोरोना संक्रमण बढेसँगै सुदूरपश्चिममा भारतबाट फर्कने नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । चार दिनयता नाकामा दैनिकजसो संक्रमित देखिन थालेका छन् । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा यहाँ थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संकास्पद लक्षण देखिएकाहरुलाई नाकामा गरिएको एण्टीजेन परीक्षणमा थप चार जना पुरुषमा संक्रमण देखिएको निर्देशनालय महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् ।

जोशीका अनुसार त्रिनगर नाकामा तीन र झुलाघाट नाकामा एकजनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिनेहरु कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए । नाकामा भारतबाट फर्केकाहरुलाई संकास्पद लक्षण भएकाहरुलाई एण्टीजेन परीक्षण भइरहेको उनले बताए ।

सङ्क्रमितलाई ‘होम आइसोलेसन’ बस्न सल्लाहसहित पठाइएको निर्देशनालयले जनाएको छ। शुक्रबारमात्र त्रिनगर नाकामा भारतबाट फर्केका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुदूरपश्चिममा संक्रमितको संख्या बढ्न थालेको छ । 

प्रतिक्रिया