धनगढी । विद्युतीय गाडी दिगो डाँफेको स्वरुम धनगढीमा सञ्चालनमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एनइभी नेपाल प्रालिले नेपालमा बिक्री वितरण गर्दै आएको डिएफएसके डाँफे ब्राण्डका विद्युतीय गाडीको स्वरुम धनगढीमा सञ्चालनमा ल्याइएको हो ।
सुदूरपश्चिम प्रदेशको आधिकारिक बिक्रेताका रुपमा धनगढीको बोराँडाडीमा ख्वाजा टेड्रर्सको स्वरुम उद्घाटन गरिएको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले स्वरुमको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा डिएफएसके डाँफे ब्राण्डका विद्युतीय गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता एनइभी नेपाल प्रालिका सिइओ सौरभ श्रेष्ठले डाँफे ब्राण्डका विद्युतीय गाडीहरुको बिशेषता र फाइदाहरुका बारेमा प्रस्तुती गरे । उनका अनुसार डिएफएसके डाँफे ब्राण्ड नेपाल भित्रि्एकाे पहिलो विद्युतीय गाडी हो ।
यी गाडी पाँच वर्षदेखि नेपालका सडकहरुमा गुडिररहेका छन् । पुरै मेटल बडी भएको र ग्राउण्ड क्लियर्स उच्च भएको यो ब्राण्डका गाडीहरु पहाडी सडक र कच्ची सडकमा पनि सञ्चालनमा अब्बल प्रमाणित भईसकेको सिइओ श्रेष्ठले बताए ।
अधिकांश विद्युतीय गाडीहरु चढ्ने र सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरुले यो ब्राण्डलाई सबैभन्दा बढी रुचाएको उनको दाबी छ । अब आफ्नै स्थानबाट गाडी खरिद तथा मर्मत सेवा सहज रुपमा दिन तयार रहेको आधिकारिक बिक्रेता ख्वाजा टेड्रर्सका प्रबन्ध निर्देशक डाक्टर मेराज आलम अन्सारीले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन सुदूरपश्चिमका अध्यक्ष पुष्कर ओझा, सुन्दर सुदूरपश्चिम यातायातका अध्यक्ष पमराज सापकोटा, खप्तड यातायातका अध्यक्ष अनन्तराज जोशी लगायतले मन्तव्य व्यक्त गरे ।
प्रतिक्रिया