ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा सार्वजनिक यातायात आज पनि ठप्प

मङ्गलबार २०, जेठ २०८२ १०:३६

कैलाली । सुदूरपश्चिम प्रदेशमा सार्वजनिक यातायात आज पनि ठप्प पारिएको छ । आन्दोलनमा रहेका यातायात व्यवसायी र मजदुरहरुले सार्वजनिक यातायात ठप्प पारेका हुन् । 

गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै सुदूरपश्चिमका यातायात व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका हुन् । यद्यपी सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति भएको बताइएको छ । सोमबार राति अबेरसम्म चलेको बैठकमा सरकार र यातायात व्यवसायीबीच प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गरेर समस्या समाधान गर्ने सहमति भएको थियो । 

यातायात व्यवसायीहरुले भने गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्ने अडान लिएका छन् । नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले आज पनि सबै सार्वजनिक यातायात बन्द रहेको जानकारी दिए । 

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनले पनि यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । 

प्रतिक्रिया