ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा युवक मृत भेटिए

बिहिबार २२, माघ २०८२ १२:३९

डोटी । डोटीमा युवक मृत भेटिएका छन् । जिल्लाको शिखर नगरपालिका–११ बारबाटा बस्ने २४ वर्षीय सन्तोष रोकाया मृत अवस्थामा फेला परेका हुन् । 

उनी मंगलबार शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनस्थित मामाघरबाट घर जान्छु भनी हिँडेका थिए । तर, घर नपुगेपछि परिवार तथा आफन्तले खोजतलास सुरु गरेका थिए ।

खोजी गर्ने क्रममा शिखर नगरपालिका–८ गोल्मागाडस्थित खोलाको किनारमा पानीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया