ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अत्तरियामा जारी महोत्सवमा आज पल शाह आउने

शुक्रबार १८, पुष २०८२ १०:४८

अत्तरिया । चर्चित नायक पल शाहले अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज आफ्नो प्रस्तुती राख्ने भएका छन्।

न्यु सिर्जनशील युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा पल शाहका साथै शान्ता रानी परियार, अस्मिता जुरेली, ऋतुु चौधरी, लाल बोगटी, सुशिला तिरुवा, कुलेन्द्र परियार लगायतका कलाकारले आफ्नो प्रस्तुती राख्ने भएका हुन् । 

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको महोत्सवमा नवौँ दिन सम्म पुग्दा दर्शकको उल्लेख्य सहभागिता रहदै आएको छ । महोत्सवमा बिहिबार गायक प्रकाश सपुत, गायिका एन्जिला रेग्मी, गायक हास्य कलाकार निशान परियार, गायक मेघान कठायत , डान्सर गङ्गा थापा मगर लगायतका कलाकारहरु आफ्नो प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया