काठमाडौं । सुनको मूल्य चार दिनदेखि लगातार घटेको छ । नेपाली बजारमा प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य यतिबेला घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको हो । यो ११ हजारको गिरावट हो ।
नेपाली बजारमा सुनको मूल्य घटबढको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारको मूल्यसँग हुने गरेको छ । आइतबार अर्थात् २८ डिसेम्बरको दिन सुनको अन्तर्राष्ट्रिय मूल्य प्रतिऔंस ४५३० अमेरिकी डलर पुगेको थियो । बुधबार ४३१७ अमेरिकी डलरमा झरेको छ । यसैको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिएको हो ।
प्रतिक्रिया