ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आज एकैदिन ५ हजार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

मङ्गलबार ०८, पुष २०८२ ०१:४२

आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार ५०० र चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ४ हजार २५५ रुपैयाँ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा २ लाख ६१ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य ४ हजार २३५ थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

प्रतिक्रिया