ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीको बडीकेदारमा १६ गतेदेखि तीन दिनसम्म धार्मिक मेला

मङ्गलबार ११, कार्तिक २०८२ ११:१९

धनगढी । डोटीमा रहेको प्रसिद्ध बडीकेदार अर्थात् ठुला केदारमा १६ गतेदेखि तीन दिनसम्म मेला लाग्ने भएको छ । धार्मिक एवं पर्यटकीयस्थल रहेको बडीकेदार धाममा १६ र १७ गते मेला तथा १८ गते केदार पुजनको कार्यक्रम रहेको बताइएको छ । 

डोटीको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिकस्थल बडीकेदार धाममा बैकुण्ठ चतुर्दशीमा पुजन गर्ने चलन छ । 

बडीकेदार दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास रहीआएको छ । बडीकेदार धाममा जान कैलालीको सहजपुरबाट डोटीको विपीनगर, खँड्यौली बजार हुँदै अत्तरकाडासम्म सडकको सुविधा रहेको छ । त्यहाँबाट सवा एक घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिन्छ । 

प्रतिक्रिया