धनगढी । नेपाल सरकारले निर्धारण गरेको मूल्यभन्दा झण्डै एक हजार कम मूल्यमा किसानले धान बेच्न बाध्य भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले समर्थन मूल्य कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
दसैंमै धान काटेका कैलालीको ग्रामिण क्षेत्रका किसानबाट दुई हजार ५५० रुपैयाँ प्रतिक्वीन्टलमा व्यापारीले धान खरिद गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित व्यापारी, उद्योगी र स्थानीय तहहरुलाई सरकारले निर्धारण गरेको समर्थन मूल्य कार्यान्वयन गर्न र गराउन भनेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गरी सो अनुरोध गरिएको जनाएका छन् ।
नेपाल सरकारले मोटा धानको मूल्य तीन हजार ४६४ रुपैयाँ प्रतिक्वीन्टल र मध्यम धानको मूल्य तीन हजार ६२८ रुपैयाँ निर्धारण गरेको छ ।
प्रतिक्रिया