दार्चुला । अपी हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरी निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो ।
आर्थिक वर्ष २०७७/७८ सालदेखि सो सडक निर्माण सुरु भएकामा २०८२ वैशाख १४ गते नयाँ ठेक्का सम्झौता भएर काम अघि बढेको थियो । सुर्खेतको बिएन्डपी निर्माण सेवाले बाटो खोल्ने जिम्मेवारी पाएकामा हालसम्म म्याद थप हुँदा पनि २० प्रतिशत मात्रै काम सम्पन्न भएको सडक डिभिजन कार्यालय पाटन बैतडीका निमित्त प्रमुख इन्जिनियर लक्ष्मणदत्त जोशीले जानकारी दिए । कुल तीन करोड ८६ लाख लागतमा ठेक्का सम्झौता भएको थियो ।
मकरीगाडदेखि दुई दशमलव पाँच किलोमिटर सडक खण्डको नयाँ बाटो खुलाउनुपर्ने छ । जसमा एक किलोमिटर सडक खण्ड कडा चट्टान छ। चट्टान भएको खण्डमा हाल निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर लिलाधर भट्टले बताए ।
प्रतिक्रिया