धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म आठ सय मतगणना भएको छ ।
अध्यक्षमा पुष्करराज ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । आठ सय मतगणना हुँदा ओझाले ४०० मत पाएका छन् भने रुपेश स्वाँरले ३५७ मत पाएका छन् ।
दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जनाको उम्मेदवारी छ ।
प्रतिक्रिया