ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : अध्यक्षमा ओझाको अग्रता कायमै

आइतबार २६, असोज २०८२ ०३:२१

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म छ सय मतगणना भएको छ ।

अध्यक्षमा पुष्करराज ओझा र रुपेश स्वाँरबीच कडा प्रतिस्पर्धा छ । ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । छ सय मतगणना हुँदा ओझाले २९८ मत पाएका छन् भने स्वाँरले २७५ मत पाएका छन्

दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जनाको उम्मेदवारी छ । 

प्रतिक्रिया