काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो । दशैंपछि सुन तोलामा करिब १५ हजार बढिसकेको छ । दशैंअघि असोज १२ गते २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
प्रतिक्रिया