ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा खर्च कटौतीको निर्णयले बचायो दुई अर्ब

शुक्रबार १७, असोज २०८२ ११:४७

धनगढी । सुदूरपश्चिममा खर्च कटौतीको निर्णयले दुई अर्ब बचत हुने देखिएको छ । जेनजी आन्दोलनको क्रममा प्रदेश संरचनाका विभिन्न कार्यालय र मन्त्रालयमा क्षति भएपछि प्रदेश सरकारले खर्च कटौती गर्ने निर्णय गरेको थियो । 

प्राथमिकताबिहीन खर्च कटौती गर्ने निर्णयले दुई अर्ब रुपैयाँ बचत भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । 

बचत रकमले क्षति भएका मन्त्रालय र कार्यालयका पुननिर्माणमा सहयोग पुग्ने जनाइएको छ । खर्च कटौतीका लागि प्रदेश सरकारले मातहतका निकायबाट उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजना र १० लाख मुनिका योजना कार्यान्वयन नगर्ने नीति लिएको छ। यसैगरी, छपाइ तथा प्रकाशनतर्फ ७० र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन, तालिम, गोष्ठी, सेमिनार लगायतमा ५० प्रतिशत कटौती गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । 

प्रतिक्रिया