ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निजी विद्यालयमा आज र भोलि शोक बिदा

मङ्गलबार २४, भदौ २०८२ ०७:३६

धनगढी । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइएको छ । 

निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । 

संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ–'देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।'

नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्तिमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् । 

प्रतिक्रिया